Home Main Highlight News गीतकार गीता खत्रीको सब्द रहेकाे गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक
 

गीतकार गीता खत्रीको सब्द रहेकाे गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । गीतकार गीता खत्रीको सब्द रहेकाे गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक भएको छ । गीतमा शम्भूजित बास्कोटाको संगीत, रचना रिमालको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजन रहेकाे छ ।

साहित्य क्षेत्रमा तीन दशकभन्दा लामो समयसम्म सक्रिय रहेकी गीतकार गीताका स्वीकृति, त्रिवेणी, यात्री लगायतका एल्बमहरु प्रकाशित छन् भने दर्जनौं गीतहरु रेकर्डिङ भइसकेका छन् ।

उनले कथा, कविता, नियात्रा, उपन्यास र गीत विधामा कलम चलाउँदै आएकी छन् । रामगीता वाङ्मय मन्दिरको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्वअध्यक्षसमेत रहेकी खत्रीले विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर काम गरिसकेकी छन् ।

भिडियोमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय देख्न सकिन्छ । भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायाँकन गरेका छन् । मीन रावलको सम्पादन रहेको भिडियोलाई भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको अफिसियल यूट्युब च्यानल बेस्ट टोन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link