Home Main Highlight News कान्समा ‘एलिफेन्ट्स इन द फग’ हेरेपछि अनुराग कश्यपले गरे नेपाली फिल्मको प्रशंसा
 

कान्समा ‘एलिफेन्ट्स इन द फग’ हेरेपछि अनुराग कश्यपले गरे नेपाली फिल्मको प्रशंसा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ ले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा प्रशंसा पाएको छ। कान्समा बुधबार वर्ल्ड प्रिमियर गरिएको फिल्मलाई भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपले पनि खुलेर प्रशंसा गरेका छन्।

उनले फिल्म केन्द्रित सोसल प्लेटफर्म लेटरबक्स्डमा आफ्नो समीक्षा दिँदै ‘एलिफेन्ट्स इन द फग’ लाई कान्समा आफूले अहिलेसम्म देखेको उत्कृष्ट अन्तिम दृश्य भएको फिल्मका रूपमा वर्णन गरेका छन्।

अनुरागले यस फिल्मलाई ‘नेपाली सिनेमाको ठूलो छलाङ’ भनेका छन्। त्यस्तै, अभिनेत्री पुष्पा थिङ लामाको अभिनयलाई अत्यन्त प्रभावशाली र शक्तिशाली रहेको बताएका छन।

अनुरागले दीपक रौनियारको ह्वाइट सन र पूजा सर साथै मीन भामको कालो पोथी र शाम्बालापछि अविनाशविक्रम शाहले लेखकबाट निर्देशकतर्फको यात्रालाई अत्यन्त सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरेका छन्। ‘एलिफेन्ट्स इन द फग’ कान्सको मुख्य प्रतिस्पर्धा मानिने अन सर्टेन रिगार्ड विधामा बुधबार प्रिमियर भएको थियो।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link