Home Main Highlight News आजबाट दुई प्रतिक्षीत फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा
 

आजबाट दुई प्रतिक्षीत फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । दुई साताअघि प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले बक्स अफिस चलायमान बनाइरहेका बेला शुक्रबारबाट दुई प्रतिक्षीत फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा आएका छन् । स्थापित कलाकारहरूको अभिनय र प्रचार सामग्रीले दर्शकमा बढाएको उत्साहका कारण यी दुवै फिल्मले सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दुई फिल्ममध्ये शो संख्यामा ‘मितज्यू’ अगाडि देखिएको छ । यसले शुक्रबारका लागि देशव्यापी लगभग १२० शो पाएको छ भने ‘काजी’को शो ९० हाराहारी छ । यो शो दुवै फिल्मलाई बलियो ओपनिङ दिलाउन पर्याप्त छ । तर, अग्रिम बुकिङमा दुवै फिल्म औसत देखिएका छन् । अब ‘वर्ड अफ माउथ’ कस्तो प्राप्त हुन्छ, त्यसले व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।

मितेरी साइनो (मित लगाउने परम्परा)को कथामा बनेको ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनु थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् ।

लक्ष्मण रिजालको निर्देशनमा बनेको ‘काजी’मा भने विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । एक दम्पतीको आदर्श प्रेमलाई प्रस्तुत गरिएको यस फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, अनुराग कुँवर, हिउँवाला गौतम लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link