Home Main Highlight News फिल्म ‘आ बाट आमा २’मा डेब्यू गर्दै रिश्ता गुरूङ
 

फिल्म ‘आ बाट आमा २’मा डेब्यू गर्दै रिश्ता गुरूङ

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा २’मा मुख्य अभिनेत्रीको रूपमा ‘मेरो डान्स युनिभर्स– २’ की विजेता रिश्ता गुरूङ अनुबन्धित भएकी छन् । निर्देशक पन्त र रिश्ताबीच लिखित सम्झौता भएको हो । परिवारसँग हङकङमा बस्दै आएकी रिश्ताको यो डेब्यू फिल्म हाे । उनले यसअघि भने केही म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

आमा-छोराको भावनात्मक सम्बन्धको कथामा बन्ने यस फिल्ममा अभिनेता पल शाह र आकाश श्रेष्ठ मुख्य भूमिकामा देखिँदैछन् । उनीहरूमध्ये रिश्ताको जोडी कोसँग बाँधिनेछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन । फिल्ममा अनुबन्धित भएपछि रिस्ताले पल र आकाश दुवैसँग काम गर्न आफू उत्साहित रहेको बताइन् ।

दशैंको अवसर पारेर असोज ३० गते (फूलपातिको अघिल्लो दिन)बाट प्रदर्शनमा आउने यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), सविन श्रेष्ठ, साइग्रेस पोखरेल (स्टोरीटेलर), गजित विष्ट, नरेन खड्का, दीलिप ओखेडालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्मको छायांकन यही जेठबाट सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन् । आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा करण सिंह रहेका छन् । यो फिल्म गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सिक्वेलको रूपमा निर्माण हुन लागेको हो । फिल्मको पहिलो भाग सकिएको ठाउँबाट कथा अघि बढ्ने जनाइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link