Home Main Highlight News द फिरन्तेको नयाँ प्रस्तुति ‘काग दाजै’ सार्वजनिक
 

द फिरन्तेको नयाँ प्रस्तुति ‘काग दाजै’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । लोकप्रिय ब्यान्ड द फिरन्तेको नयाँ प्रस्तुति ‘काग दाजै’ सार्वजनिक भएको छ। गीतसँगै यसको आकर्षक भिजुअल प्रस्तुति र क्रिएटिभ निर्माण पक्षले दर्शकको ध्यान तान्ने देखिन्छ। गीतलाई फरक शैलीमा प्रस्तुत गर्न खाेजिएकाे भिडियोमा देख्न सकिन्छ । आधुनिक कला, एनिमेशन तथा भिएफएक्सको प्रयोग गरिएको छ।

‘काग दाजै’ को क्रिएटिभ डाइरेक्सन सुषिल बाबु क्षेत्रीले गरेका हुन् भने आर्ट डिजाइन इमरान खानले तयार गरेका छन्। भिडियोमा प्रयोग गरिएको एनिमेशन तथा भिएफएक्स रुपक राईले निर्माण गरेका छन्। त्यस्तै आर्ट डाइरेक्टरको जिम्मेवारी आयुष धमला चेत्तेरीले लिएका छन्।

द फिरन्तेले पछिल्ला वर्षहरूमा नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीतहरू प्रस्तुत गर्दै आएको छ। ‘मन भरी माया’, ‘बुढाे भइयाे’ जस्ता गीतमार्फत चर्चा कमाएको समूहको नयाँ प्रस्तुति ‘काग दाजै’ पनि दर्शकमाझ लोकप्रिय बनिरहेकाे छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link