बिर्तामाेड । फिल्म ‘रोल नं १’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो लागि तिमी’ बोलको मर्मस्पर्शी गीतमा प्रशान्त शिवाकोटीको संगीत, स्वर र शब्द समावेश छन् ।
सन्तानको लागि अभिभावकले गर्ने संघर्षको चित्रण गीतमा छ । सन्तानको लागि आफ्नो भाग्यलाई समेत त्याग्ने अभिभावकको त्यागको कथा यसमा छ ।
गीतमा फिल्मका सबै कलाकारलाई चित्रण गरिएको छ । जोन योञ्जन निर्देशित फिल्मले शैक्षिक प्रणाली कमजोर हुँदा यसले बालमनोविज्ञानमा कस्तो असर पर्छ भन्ने चित्रण छ ।
फिल्ममा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् । विनोद पौडेल र जान्वी पौडेल यसका निर्माता हुन् ।
सहायक निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । पटकथा महेश दवाडीले लेखेका हुन् । छायांकन शिवराम श्रेष्ठको छ । यो फिल्म १५ जेठदेखि प्रदर्शन तयारीमा छ । सोही मितिमा यो फिल्म विदेशमा पनि प्रदर्शनमा आउने जनाइएको छ ।



