18
बिर्तामाेड । गायक, गीतकार तथा संगीतकार सविन श्रेष्ठको ‘कल्पना’ सार्वजनिक भएको छ। उनले गीत २९ रिसोर्ट एन्ड फार्म हाउसमा प्रिमियर गर्दै सार्वजनिक गरेका थिए।
गीतमा प्रेम, भावना र सम्झनाको कथावस्तुहरु देख्न सकिन्छ । उत्त गीतमा शब्द, संगीत तथा स्वर स्वयं सबिन श्रेष्ठकै रहेको छ। यस गीतलाई निर्देशन गरेका छन् समराट अधिकारीले भने भिडियोमा समराट अधिकारी, सुजन जिम्बा र सृष्टि श्रेष्टको आकर्षक अभिनय देख्न सकिन्छ।
संगीत र दृश्य प्रस्तुतिको संयोजनमार्फत दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको ‘कल्पना’ गीतले प्रेम र कल्पनाको भावनात्मक संसारलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। ‘कल्पना’ ले नेपाली संगीत क्षेत्रमा सबिन श्रेष्ठको सिर्जनात्मक यात्रालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।



