बिर्तामाेड । जितु नेपाल स्टाटर चलचित्र ‘आइ एम जित बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रले गाउँबाट सहर आएर आफ्नो सपना पूरा गर्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ।
चलचित्रकाे मुख्य भूमिकामा जीतु नेपाल छन् भने उनीसँगै वर्षा राउतलाइ जीत बहादुरकाे श्रीमतीकाे रुपमा देख्न सकिन्छ । त्यस्तै प्रियांका कार्की, सन्दीप क्षेत्री, देशभत्त खनाल, शारह शर्मा अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा, बसन्त शर्मा, निरज नेपाल, मिसेल घिमिरे, उत्सव पौडेल, दिलीप पन्त, रोहित कार्की र रमेश बस्नेतलगायत कालाकारहरुको अभिनय रहेको छ।
ट्रेलरमा हास्य, भावनात्मक संघर्ष, सपना र सफलताको खोजलाई केन्द्रमा राखिएको देखिन्छ। विशेषगरी कलाकार बन्न गाउँबाट काठमाडौं गएका एक साधारण युवाको संघर्षपूर्ण यात्रा देख्न सकिन्छ ।
चलचित्रको कथा तथा निर्देशन सुवेन्दु घोसले गरेका हुन् भने निर्माता स्वयं जीतु नेपाल रहेका छन्। निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्मातामा रहेका छन्।
चलचित्रको छायांकन अरबिन्द नारायण डोलाईले गरेका छन्। कलाकार तथा निर्माण टिमका अनुसार ‘आई एम जीत बहादुर’ ले मनोरञ्जनसँगै समाजका विभिन्न पक्षलाई रोचक ढंगले प्रस्तुत गर्ने निर्माण टिमकाे दावी रहेकाे छ। चलचित्र असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने छ।



