19
बिर्तामाेड । गायक दिनेश श्रेष्ठ र गायिका स्मृति गौतमको स्वर रहेको गीत ‘झुम्का दिउँला सुनैको’ सार्वजनिक भएको छ। यस गीतमा शब्द तथा संगीत स्वयं दिनेश श्रेष्ठकै हाे । यस गीत काजीश श्रेष्ठको आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।
म्युजिक भिडियोमा चर्चित अभिनेता पल शाह र अभिनेत्री गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ। उनीहरूको रोमान्टिक जीवन्त प्रस्तुतिले भिडियोलाई थप आकर्षक बनाएको छ। गीतमा प्रेम, खुसी र नेपाली सांगीतिक स्वादलाई समेट्ने प्रयास गरिएको छ।
गीत सार्वजनिक भएसँगै दर्शकको साथ पाउन थालेको छ। नेपाली संगीतप्रेमीमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमकाे रहेकाे छ।



