Home Main Highlight News कैँची चलेको दृश्यसहित रोल नं. १ को प्रोमोसनल भिडियो सार्वजनिक
 

कैँची चलेको दृश्यसहित रोल नं. १ को प्रोमोसनल भिडियो सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामेाड । प्रदर्शनरत चलचित्र ‘रोल नं. १’को भावुक बनाउने दोस्रो प्रोमो भिडियो सार्वजनिक भएको छ । जसमा पढाइमा सधैँ प्रथम हुने विद्यार्थीले एउटा परीक्षा बिग्रँदा जीवन नै त्याग गरेको दृश्य रहेको छ ।

प्रोमो भिडियो सार्वजनिक भएसँगै यसमा देखिएको एउटा दृश्यमाथिमा केन्द्रीय चलचित्र जाँच समितिले कैँची चलाएको खुलासा भएको छ । भिडियोमा देख्न सकिन्छ, मासिक श्रावको पीडाले छोरीले परीक्षा लेख्न सक्दिनन् । सधैँ प्रथम हुने उनी त्यो विषयको परीक्षामा असफल भएपछि उनीमाथि अनेक आरोप लाग्छ । बुबाले त्यो कुरा बुझ्दैनन् । सन्तानसँग ठूलो अपेक्षा राख्ने तर उसको पीडा बुझ्ने कोसिससम्म नगर्ने बुबाले दिएको मानसिक प्रेसरमा आएर उनले आत्महत्या गर्छिन् । आत्महत्या गरेको दृश्य चाहिँ ठूलो पर्दामा देख्न पाइँदैन ।

विद्यार्थीमा यसले नकारात्मक असर पर्न सक्ने आँकलन गर्दै यो दृश्यमाथि कैँची चलेको हुन सक्ने निर्माता विनोद पौडेलको भनाइ छ । ‘तर यो दृश्य काट्नु पर्दा दु:ख लागेको छ, एउटा गहिरो इमोसनलाई हलमा दर्शकले फिल गर्न पाउनु भएन ।’

जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र रोल नं. १ ले बालमनोज्ञानलाई प्रस्तुत गरेको छ । जीवन उज्यालो बनाउने शिक्षा क्षेत्र र यसलाई हेर्ने चेतना अभावमा समाजले के-कस्ता पीडाहरुबाट गुज्रनु परिरहेको छ भन्ने कुरा फिल्ममा देख्न सकिन्छ ।

सेभेनसिजको ब्यानरमा बनेको यस फिल्ममा मुकुन भुषाल, रेनुनाथ योगी, सुशांक मैनाली, एभोनराज उप्रेती, लोकेन्द्र लेखक, सिर्जना अधिकारी, सुवास खरेल, बाल कलाकार निर्भिक रेग्मी, सम्यम कटुवाल, रिन्चेन लामा, सिजल श्रेष्ठ, शिवांगी सिटौला लगायतको अभिनय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link