Home Main Highlight News गायक राजेश पायल राई र गायिका श्रेया राईको स्वर रहेकाे ‘बरको छायाले’ सार्वजनिक
 

गायक राजेश पायल राई र गायिका श्रेया राईको स्वर रहेकाे ‘बरको छायाले’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । स्टुडियो किङकाे प्रस्तुतमा पूर्वेली लोकगीत ‘बरको छायाले’ सार्वजनिक भएको छ। चर्चित गायक राजेश पायल राई र गायिका श्रेया राईको सुमधुर स्वर रहेकाे छ ।

पूर्वेली लोकभाकाको मिठास बोकेको गीतमा दीप सर्गम राईको शब्द तथा संगीत रहेको छ भने एकदमै राम्राे पूर्वकाे मनाेरम ठाउँहरु  देखाइएकाे छ ।गीतले सुन्दर अनुभूतिलाई सरल तरिकाले प्रस्तुत गरेको छ।

गीतको संगीत संयोजन मनोज साङ्सोन राईले गरेका छन्। मौलिक पूर्वेली स्वाद र आधुनिक संगीत संयोजनको समिश्रणले गीतलाई अझ आकर्षक बनाएको छ।

राजेश पायल राईको अनुभवी गायन र श्रेया राईको मधुर स्वरको संयोजनले विशेष बनाएको छ। सार्वजनिक गीतले पूर्वेली लोकसंगीतप्रेमी श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link