Home Main Highlight News फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक
 

फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर छ । गीतमा डा. भोला रिजालको शब्द तथा गायक गौतम स्वयंको संगीत छ ।

तीन दशक अघि गाउँघरमा हुने विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार  अरुण क्षेत्री र सिम्रन पन्तकाे बेहुला बेहुलीकाे रूपमा देखिएका छन् । उनीहरूको विवाह भइरहेको भिडियोमा देख्न सकिन्छ । माइतीघर छाडेर जान लागेकी छोरीले परिवारप्रति गरेको गुनासो र आमाबुबाले नरोई जान गरेको आग्रहलाई गीतले मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुमन गिरी (भान्जा) र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्मातामा छिन् । फिल्ममा हरि हुमागाईंको छायांकन तथा कपिल रिजाल, निश्चल कुँवर, शिव शर्मा, अभिमन्यू निरवी, निरज नेपाल र गिरिराज घिमिरेको लेखन रहेको छ ।

फिल्मको कथा भने डा. भोला रिजालको हो । फिल्म आगामी साउन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।

https://www.youtube.com/watch?v=P3rTK6uZdbs

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link