18
बिर्तामाेड । बलिउडकी चर्चित गायिका नेहा कक्करको नयाँ म्युजिक भिडिओ ‘फन्दा’ मा नेपाली मोडल तथा कन्टेन्ट क्रियटर इभा गिरी फिचर्ड भएकी छन्।सार्वजनिक गितमा इभा आकर्षक तथा ग्ल्यामरस अवतारमा देखिएकी छन्।
गीत पोयटिक र्याबिट युट्युब च्यानलमा सार्वजनिक गरिएकाे छ। भिडिओमा इभा गिरी र स्वान्की शिव फिचर्ड छन्।
बलिउडकी स्थापित गायिका नेहा कक्करको म्युजिक भिडिओमा फिचर्ड हुनु इभा गिरीका लागि करिअरको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सामाजिक सञ्जालमार्फत भिडिओ सामग्री निर्माण गर्दै चर्चा कमाएकी इभाले हालसालै नेपाली फिल्म ‘पाँच पाण्डव’मा अभिनय गरेकी छन्।

