Home Main Highlight News अभिनेत्री सामन्था आमा बन्दै, अभिनयबाट केही समय विश्राम लिदै
 

अभिनेत्री सामन्था आमा बन्दै, अभिनयबाट केही समय विश्राम लिदै

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । दक्षिण भारतीय फिल्म अभिनेत्री सामन्था रुथ प्रभुले आफू गर्भवती भएको पुष्टि गरेकी छन् । विवाहको ६ महिनापछि उनले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । सामन्था र उनका पति राज निदिमोरूले पहिलो सन्तानको स्वागत गर्ने तयारी गरेका छन् ।

हालै प्रदर्शनमा आएको फिल्म ‘मा इन्टी बंगारम’ को सफलताका अवसरमा बुधबार हैदराबादमा आयोजित कार्यक्रममा सामन्थाले यो खुसीको खबर सार्वजनिक गरिन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी केही समय स्वास्थ्य र परिवारलाई प्राथमिकता दिन फिल्मबाट अस्थायी रूपमा विश्राम लिने बताइन् ।

सामन्थाले भनिन्, ‘मा इन्टी बंगारम’पछि म केही समयका लागि विश्राम लिन्छु । अब मैले मातृत्व बिदा लिनुपर्नेछ । तर म आफ्ना प्रशंसकबाट धेरै समय टाढा रहने छैन र चाँडै नयाँ फिल्ममार्फत फर्किनेछु ।’

उनको घोषणा लगत्तै कार्यक्रममा उपस्थितले ताली बजाउँदै बधाई दिएका थिए । सामन्थाले सबैप्रति आभार व्यक्त गर्दै आफूले सधैं प्रशंसकबाट माया र साथ पाएको बताइन् ।

कार्यक्रममा उनका पति निदिमोरू पनि उपस्थित थिए । सामन्थाले आमा बन्न लागेको खबर सुनाउँदा राजको अनुहारमा खुसी स्पष्ट देखिएको बताइएको छ । यसअघि केही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सामन्थाको बेबी बम्प देखिएको भन्दै उनी गर्भवती भएको चर्चा सुरु भएको थियो । अहिले भने अभिनेत्रीले आफैं उक्त खबर पुष्टि गरेकी हुन् ।

सञ्चारमाध्यमका अनुसार सामन्था गर्भावस्थाको प्रारम्भिक चरणमा छिन् र आगामी डिसेम्बरमा सन्तान जन्माउने सम्भावना छ । निर्देशक नन्दिनी रेड्डीले पनि सामन्थाको गर्भावस्थाप्रति खुसी व्यक्त गर्दै यो उनको जीवनको अत्यन्त सुन्दर समय भएको र यही अवधिमा फिल्मले पनि उल्लेखनीय सफलता हासिल गरेको बताएकी छन् ।

सामन्थाको व्यक्तिगत जीवनतर्फ हेर्दा उनले सन् २०१७ मा दक्षिण भारतीय अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् । दुवै सन् २०२१ मा अलग भएका थिए । त्यसपछि सामन्था र राज निदिमोरूबीचको सम्बन्धबारे लामो समयदेखि चर्चा हुँदै आएको थियो । अन्ततः उनीहरूले १ डिसेम्बर २०२५ मा कोयम्बटुरस्थित ईशा योग केन्द्रमा विवाह गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link