Home Main Highlight News ‘लज्जावती’ देशभरका हलमा प्रदर्शनमा
 

‘लज्जावती’ देशभरका हलमा प्रदर्शनमा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आज साउन २९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।

राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्रले युवापुस्ताको प्रेमकथासँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थलाई कथाको माध्यमबाट प्रस्तुत गरेको छ।

निर्देशक सानेका अनुसार चलचित्रको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी लगायतका पात्रको वरिपरि केन्द्रित छ। आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको चलचित्रमा करिब दुई करोड रुपैयाँ लगानी भएको निर्माता कमलप्रसाद शर्माले जानकारी दिएका छन्।

चलचित्रको कथा, प्रस्तुति, गीत, ट्रेलर तथा प्रचारप्रसारमा निर्माण टिमले विशेष मेहनत गरेको जनाएको छ। नेपाली दर्शकलाई लक्षित गर्दै निर्माण गरिएको ‘लज्जावती’लाई नेपालसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि पुर्‍याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

प्रेम, सम्बन्ध र सामाजिक यथार्थलाई केन्द्रमा राखिएको ‘लज्जावती’ले हलमा दर्शकको कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो नेपाली चलचित्र क्षेत्रमा देखिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link