Home Main Highlight News पल शाहकाे फिल्म ‘यानीमाया’को छायांकन सुरु
 

पल शाहकाे फिल्म ‘यानीमाया’को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । अभिनेता पल शाह अब अभिनयसँगै फिल्म निर्माणमा पनि होमिएका छन्। उनको लगानीमा निर्माण हुन लागेको नयाँ फिल्म ‘यानीमाया’को छायांकन सुरु भएको छ। निर्माणपक्षका अनुसार फिल्मको छायांकन ३५ दिनमा सक्ने तयारी रहेकाे छ।

गागलफेदीस्थित फिल्म स्टुडियोमा शुभसाइत गर्दै फिल्मको छायांकन थालिएको हो। शुभसाइत समारोहमा निर्माण टिमले पूजा गर्दै औपचारिक रूपमा फिल्मको छायांकन यात्रा सुरु गरेको थियो।

ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको ‘यानीमाया’मा पल शाहसँगै अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायतका कलाकारको अभिनय रहनेछ। शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा देखिनेछन्।

चन्द्र ज्योती आले र पल शाहको लगानी रहेको फिल्ममा नवराज उप्रेतीले छायांकन, कुमार महर्जनले एक्सन, गिरिराज घिमिरेले मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीले सम्पादनको जिम्मेवारी सम्हाल्नेछन्। विशाल कार्की निर्माण व्यवस्थापकका रूपमा रहनेछन्।

त्यस्तै, रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहनेछ। फिल्मको पहिलो चरणको छायांकन काठमाडौंमा १० दिन गरिनेछ भने त्यसपछि निर्माण टिम पर्वततर्फ जानेछ।

निर्माणमा नयाँ अनुभव बटुलिरहेका पल शाहले फिल्म निर्माणमा प्रवेश गर्दा आफूलाई छुट्टै अनुभूति भइरहेको बताएका छन्। उनले दर्शकमाझ एउटा उत्कृष्ट फिल्म प्रस्तुत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘यानीमाया’ आगामी फागुन ७ गतेदेखि प्रदर्शनमा आउनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link