Home Main Highlight News ‘कार्की साइँला’को टिजरमा भरियाकाे कथा
 

‘कार्की साइँला’को टिजरमा भरियाकाे कथा

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । अभिनेता जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको चलचित्रको टिजरले भरियाको जीवन, संघर्ष र पारिवारिक-सामाजिक परिवेशलाई केन्द्रमा राखिएको टिजरले संकेत गरेको छ ।

असोज २ गते रिलिज हुने यस चलचित्रको टिजरमा जितु नेपाललाई भरियाको भूमिकामा देखाइएको छ । भारी बोकेर जीविका चलाउँदै आएका उनलाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याउँछन् । त्यसपछि उसले ७ दिनभित्रै विवाह गरेर देखाउने अठोट लिन्छ । त्यसपछि उसको जीवनमा आउने उतारचढाव र सम्बन्धको कथा टिजरमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

टिजरले जितुको यसअघिका हास्यप्रधान छविभन्दा केही फरक र गहिरो भावना बोकेको चरित्रतर्फ संकेत गरेको छ । प्रियनालाई पनि गम्भीर पात्रको रुपमा देखिन्छ । यी दुईले पहिलोपटक पर्दामा जोडीका रूपमा काम गरेका हुन् ।

यस चलचित्रको छायांकन पूर्वी नेपालका धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका स्थानमा गरिएको हो । पूर्वी नेपालको ग्रामीण परिवेश र श्रमिक वर्गको जीवनलाई पर्दामा उतार्ने प्रयास चलचित्रले गरेको निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ । पटकथा तथा संवाद शंकर धिताल र सवीन अधिकारीले लेखेका हुन् । फिल्ममा डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बुको संगीत रहेको छ ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई र निर्भिक बञजारा हुन् । अनन्त राई कार्यकारी निर्माताका रुपमा रहेका छन् । यो चलचित्र आगामी असोज २ गते रिलिज हुँदैछ, सोही दिन ‘झिँगेदाउ २’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link