Home Main Highlight News ‘ऊनको स्वीटर’को सिक्वेल घोषणा, ‘कलेजी ऊनको स्वीटर’मा विपिन–मिरुनासँगै पीयूष मिश्रा
   

‘ऊनको स्वीटर’को सिक्वेल घोषणा, ‘कलेजी ऊनको स्वीटर’मा विपिन–मिरुनासँगै पीयूष मिश्रा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । शनिबार राजधानीमा आयोजित विशेष समारोहमा निर्माण पक्षले सिक्वेल ‘कलेजी ऊनको स्वीटर’को औपचारिक घोषणा गरेको हो ।

नवीन चौहानको निर्देशनमा बन्ने चलचित्रमा अघिल्लो भागका विपिन कार्की, मिरुना मगर, एलेक्स पारस (विश्वकर्मा) र परीक्षा लिम्बू दोहोरिनेछन् । यसपटक भारतीय अभिनेता, गायक तथा संगीतकार पीयूष मिश्रा पनि महत्वपूर्ण भूमिकामा देखिने भएका छन् ।

निर्देशक चौहानले सिक्किम भ्रमणका क्रममा ‘ऊनको स्वीटर’प्रति नेपाली भाषी दर्शकको देखिएको उत्साहबाट सिक्वेल निर्माण गर्ने प्रेरणा मिलेको बताए । उनका अनुसार नयाँ पात्र, सम्बन्ध र कथाको विस्तारित आयाममार्फत दोस्रो भागलाई अझ फराकिलो बनाइनेछ ।

‘ऊनको स्वीटर’ले वि.सं. २०८२ को उत्कृष्ट चलचित्रको सम्मानसमेत पाएको थियो । ‘कलेजी ऊनको स्वीटर’को छायांकन दशैंपछि सुरु गर्ने तयारी छ भने चलचित्र सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link