बिर्तामोड । नेपाल अलैची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दीपक नेपाल सर्वसम्मत भएका छन्। महासंघको बिर्तामोडमा सम्पन्न नवौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट ३ बर्षे कार्यकालका लागि नेपाल सर्वसम्मत चयन भएका हुन् ।
लामो समयदेखि अलैचीको व्यापार व्यवसायमा संलग्न नेपाल पाँचथरको फिदिम निवासी हुन् । त्यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद चिमरिया सर्वसम्मत चयन भएका छन्। उनी वर्तमान महासचिव हुन् ।
यसैगरी उपाध्यक्षमा सुजित वंशल, मातृका घिमिरे र महिला उपाध्यक्षमा कुसुम दाहाल निर्वाचित भएका छन्। सचिवमा सजिंव घिमिर र प्रेमकुमार राई, कोषाध्यक्षमा रामकृष्ण बिष्ट निर्वाचित भएको निर्वाचन अधिकृत रोहित काफ्लेले जानकारी दिए ।
महासचिवमा प्रज्वल बिमली सर्वसम्मत चयन भएका छन् । त्यसैगरी महासंघको सदस्यहरूमा कुमार थापा, अमृत बहादुर सुवेदी, छेदेन वाङदेन शेर्पा, मुकेश अग्रवाल, रामकृष्ण अधिकारी, यादव प्रसाद सुवेदी, लोचन शिवाकोटी ,तिलक पाण्डे, नीलकुमार पोदार, कुमार श्रेष्ठ,पासाङ, निम्मा शेर्पा, भरत उप्रेती, सोचन शिवाकोटी ,खगेन्द्र बास्तोला, निरज अधिकारी, इन्द्रकुमार तामाङ, गणेश पौडेल निर्वाचित भएका छन्। त्यसैगरी महिला सदस्यहरूमा माया गुरुङ, सुमित्रा भट्टराई ,संगीता चिमरिया निर्वाचित भएका छन् ।
खुल्ला सदस्यहरूमा राजकुमार सापकोटा, रविन्द्र खड्का , डिल्ली कुमार न्यौपाने, नरेश कुमार अग्रवाल, शत्रुघन चौधरी निर्वाचित भएका छन् । त्यसैगरी प्रदेश संयोजकहरूमा बागमती प्रदेशमा धनपति पोखरेल ,कोशी प्रदेशमा बालमणि बराल निर्वाचित भएका छन् । निर्वाचन समितिको संयोजक रुद्र भुर्तेलले निर्वाचित कार्यसमिति तथा पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष निर्मल भट्टराई लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।