Home Main Highlight News चलचित्र ‘रोल नं १’ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक
 

चलचित्र ‘रोल नं १’ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । प्रदर्शनरत नेपाली चलचित्र ‘रोल नं १’ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक गरिएको छ। सेभेन सिज सिनेमा युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायक तथा संगीतकार उज्वल सागरको स्वर रहेको छ।

गीतका शब्द राेशन अधिकारीले लेखेका हुन् भने संगीत, संगीत संयोजन तथा प्रोग्रामिङको जिम्मेवारी पनि उज्ज्वल सागरले नै सम्हालेका छन्। बालमनका सपना, उत्साह र रंगीन कल्पनालाई समेटेर तयार पारिएको गीतले चलचित्रप्रति दर्शकको उत्सुकता थप बढाउने अपेक्षा गरिएको छ।

जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी तथा बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतको अभिनय रहेको छ ।

विनोद पौडेल र जान्वी पौडेलद्वारा निर्मित फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म देशभर प्रदर्शन भइरहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link