बिर्तामाेड । राजु शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनीक भएको छ । जाँड अर्थात घरेलु मदिराको अनियन्त्रीत सेवनले घरपरिवार,समाजमा कस्तो असर पार्छ भन्ने बिषयमा निर्माण गरिएको चलचित्र हाे ।
असार १२ गतेबाट प्रदर्शनमा आउने फिल्मको निर्माता सुनीलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् । राजेन्द्र भट्टको प्रस्तुति रहेको फिल्ममा रमेश उप्रेती,सुभाष गजुरेल,पदम गुरुङ,रमेश अधिकारी,कमला दाहाल,सान्वी खतिवडा,किरण प्रताप केसी,लक्ष्मीप्रसाद तिमिल्सिना,मञ्जु श्रेष्ठ,स्मारिका खनाल,चन्दिका बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् ।
यसअघि ‘ख्यालख्यालैमा’,‘नमस्ते नेपाल’ ‘सपनाको नौलो संसार’ लगायतका फिल्म निर्देशन अनि ‘मुस्कान’ फिल्मका निर्माता बरिष्ट नृत्य निर्देशक राजु शाह यही फिल्ममार्फत केही बर्षको बिश्रामपछि दर्शकमाझ आएका छन् । सुकुलढोका मिडियाको ब्यानरमा निर्मित फिल्मको बितरण एनसिजिएन ग्रुपले गर्दैछ । फिल्मको डिजिटल पार्टनर मुभीज डिजिटेन्मेन्ट च्यानल रहेको छ ।



