18
बिर्तामाेड । स्टुडियो किङकाे प्रस्तुतमा पूर्वेली लोकगीत ‘बरको छायाले’ सार्वजनिक भएको छ। चर्चित गायक राजेश पायल राई र गायिका श्रेया राईको सुमधुर स्वर रहेकाे छ ।
पूर्वेली लोकभाकाको मिठास बोकेको गीतमा दीप सर्गम राईको शब्द तथा संगीत रहेको छ भने एकदमै राम्राे पूर्वकाे मनाेरम ठाउँहरु देखाइएकाे छ ।गीतले सुन्दर अनुभूतिलाई सरल तरिकाले प्रस्तुत गरेको छ।
गीतको संगीत संयोजन मनोज साङ्सोन राईले गरेका छन्। मौलिक पूर्वेली स्वाद र आधुनिक संगीत संयोजनको समिश्रणले गीतलाई अझ आकर्षक बनाएको छ।
राजेश पायल राईको अनुभवी गायन र श्रेया राईको मधुर स्वरको संयोजनले विशेष बनाएको छ। सार्वजनिक गीतले पूर्वेली लोकसंगीतप्रेमी श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।



