झापा । दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु स्टारर सोसल ड्रामा ‘मिरमिरे’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथाको झलक प्रस्तुत गरेकाे छ ।
कथा दुई आयाममा चित्रित छ, पहिलो- बालिका र उसका बुवाबीचको स्नेहपूर्ण सम्बन्ध र अभिभावकत्वलाइ देखाइएकाे छ भने दोस्रो- दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध ।
दयाहाङ एक बुवाको रुपमा छोरीको स्याहार सुसारमा छन् । त्यसबीच, उनी र सिर्जनाबीच प्रेम देख्न सकिन्छ । आमाले छाडेकी एक्लो सन्तानको रुपमा ती बालिकाले के पुनः मातृत्व प्रेम गर्लिन् ? यो थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।
ट्रेलरले फिल्ममा दयाहाङको पूर्वपत्नीको रुपमा छुल्ठिम गुरुङलाई सरप्राइज प्रवेश गराएको ट्रेलरमा देख्न सकिन्छ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म माघ १ देखि प्रदर्शन तयारीमा छ ।

