Home समाचार लोकेसन हन्टिङमा ‘पाँच पाण्डव’ टिम, कोशी प्रदेशमै छायाँकनको तयारी
   

लोकेसन हन्टिङमा ‘पाँच पाण्डव’ टिम, कोशी प्रदेशमै छायाँकनको तयारी

by Parda Sansar
A+A-
Reset

इटहरी । लोकेसन हन्टिङका क्रममा चलचित्र ‘पाँच पाण्डव’को निर्माण टोली यतिबेला कोशी प्रदेश आइपुगेको छ । ‘कालिरानी फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायाङ्कनका लागि उपयुक्त स्थानको खोजी गर्न निर्देशक वसन्त निरौलासहितको टोली शनिबार इटहरी आइपुगेको हो ।

इटहरीस्थित इलाइट सिनेमा हलमा पत्रकारहरूसँग अनौपचारिक छोटो भेटघाटका क्रममा निर्माण पक्षले फिल्मबारे जानकारी गराएको छ । फिल्ममा दिग्गज कलाकार हरिवंश आचार्य, दीपाश्री निरौला, आर्यन सिग्देल, जितु नेपाल, रजनी गुरुङ र सागर लम्साल (बले) लगायतको अभिनय रहनेछ ।

निर्देशक निरौलाका अनुसार फिल्मको छायाङ्कन आगामी फागुन १ गतेदेखि सुरु हुनेछ । कोशी प्रदेशका विभिन्न मनोरम दृश्यहरूमा फिल्म छायाङ्कन गर्ने निर्माण पक्षको तयारी रहेको छ । छायाङ्कन सेड्युल ४० दिनको रहने निर्माता नवीन श्रेष्ठले बताए ।

इटहरी पश्चात लोकेसन फाइनल गर्नका लागि टोली झापाको दमक र बिर्तामोड पनि पुग्ने जनाइएको छ । टिममा निर्माता श्रेष्ठ, निर्देशक निरौलासहित प्रोडक्सन म्यानेजर दिलीप पन्त, डिओपी श्याम लामा, आर्ट डाइरेक्टर सन्तोष तामाङ र मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत सहभागी छन् । कमेडी र सोसल ड्रामा जनरामा रुची राख्ने दर्शकहरूका लागि यो फिल्मले ठूलो पर्दामा नयाँ स्वाद पस्कने अपेक्षा गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link