Home Main Highlight News चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर सार्वजनिक
   

चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । आगामी फागुन १ बाट देशभर चलचित्र हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ ।

ट्रेलरले गण्डकी प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा पस्किएको छ, जहाँ परिवारिक स्नेह, मिलन र आन्तरिक नोकझोंकका क्षणहरू समेटिएका छन् । मुख्य पात्र लक्ष्मी गिरीको जीवन तथा उनको घर (बुकुरो) प्रतिको चाहना, छोराको विवाह र पारिवारिक सम्बन्धका उतार-चढावलाई शैलीगत रुपमा प्रस्तुत गरिएको ट्रेलरमा देख्न सकिन्छ ।

यो चलचित्र सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको हो र यसमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, रोशनी कार्की, निकिता आचार्य लगायतका कलाकारहरूले अभिनय रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link