18
बिर्तामाेड । फिल्म टिका भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था भविष्य फिल्मस् प्रालिले वितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्सँग प्रदर्शनको सम्झौता गरेको हो । नारी प्रधान कथा भनिएको फिल्मका नारीहरूको पर्व तीजको अवसरमा प्रदर्शन ल्याइने तयारी गरिएको हो ।
महेश त्रिपाठी, ऋचा शर्मा र वर्षा सिवाकोटीसँगै भेट्रान हास्य अभिनेता निर्मल शर्माको अभिनय रहेको फिल्म वैशाख तेस्रो साता (आगामी हप्ता)बाट फ्लोरमा जाँदै छ । शंकर कार्कीको निर्देशन रहने फिल्मकी निर्माता भविष्य खड्का हुन् ।
नेपाली समाजमा महिलाले भोग्ने सङ्घर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा ‘टिका’ले बोल्ने फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीले जानकारी दिए ।
https://www.youtube.com/watch?v=wpRs70JgejQ&t=13s

