Home Main Highlight News FRIDAY RELEASE : ‘लालीबजार’सहित ५ फिल्म एकसाथ रिलिज हुँदै
 

FRIDAY RELEASE : ‘लालीबजार’सहित ५ फिल्म एकसाथ रिलिज हुँदै

by Parda Sansar
A+A-
Reset

काठमाडौं । उच्च अदालत पाटनले प्रदर्शनको लागि बाटो खुला गरेपछि फिल्म ‘लालीबजार’ शुक्रबारदेखि देशव्यापी रिलिज हुने भएको छ ।
यम थापा निर्देशित यस फिल्मको एड्भान्स बुकिङ समेत खुला भइसकेको छ ।

स्वस्तिमा खड्का स्टारर फिल्मले वादी समुदायको एक आमाको संघर्षको कथा भन्छ । कानूनी अड्चन हटे लगत्तै निर्माता फिल्मको रिलिजमा जुटेका हुन् । यसअघि १८ बैशाखदेखि फिल्म रिलिज तयारीमा थियो । यो फिल्मलाई यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।

शुक्रबार लालीबजारसहित ५ फिल्म रिलिज हुने तय भएको छ । नेपाली फिल्म मालती मंगले, गुरुआमा, मोर्टल कम्ब्याट २ र कृष्णनभरात्रम पार्ट १ शुक्रबारबाटै रिलिज हुँदैछ । यसअघि रिलिज भएका परालको आगो, भुत बंगला, राजा शिवाजी पनि प्रदर्शनरत छन् ।

पहिलो दिन झापा बिर्तामोडको क्युएफएक्स सिनेमाले लालीबजारलाई ३ शो, मालती मंगलेलाई २ शो र गुरुआमालाई १ शो उपलब्ध गराएको छ । त्यस्तै मोर्टल कम्ब्याटलाई २ शो र कृष्णनभरात्रम पार्ट १ लाई १ शो उपलब्ध गराएको छ । बिर्तामोडकै पाथिभरा सिनेप्लाजा र दमकको डिम्याक्स सिनेमामा भने यो समाचार तयार पार्दासम्म बुकिङ खुलेको देखिँदैन ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link