92
बिर्तामोड । गिरी ग्रान्ड फिल्म्सको निर्माणमा बनेको गीत ‘इन योर स्कुटर’लाई युट्युबमा दर्शकले मन पराएका छन् । कर्णराज गिरी प्रभा राईको स्वर रहेको यस गीतमा कलाकार नविना सिलवाल र युवराज गिरी फिचर्ड रहेका छन् ।
यस गीतमा अर्पण गिरीको शब्दमा विकास चौधरीले संगीत भरेका हुन् । संगीत सागर बुर्जाको निर्देशन तथा कोरियोग्राफीमा बनेको गीतको छायाँकनको जिम्मेवारी ओम प्रसाईंले सम्हालेका छन् । त्यस्तै म्युजिक भिडियोको सम्पादन आर्यन पोखरेलको रहेको छ । गीतले रिलिज भएको पाँच दिनमै युट्युबमा २ लाख ८० हजारभन्दा बढी भ्युज पाएको छ ।



