29
बिर्तामाेड । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को टिजर सार्वजनिक गरिएको छ । टिजर हेर्दा फिल्म मनोवैज्ञानिक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । फिल्म साउन २२ मा प्रर्दशनमा आउने तयारीमा रहेकाे छ ।
नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’मा आधारित फिल्मको टिजरमा शीर्ष अभिनेत्री बास्ना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।
दशकपछि निर्देशनमा फर्किएका शाहले यस फिल्ममार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । यसअघि उनले वासुदेव, पच्चीस बसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।



