Share via:
बिर्तामाेड । केकी अधिकारी स्टाटर सर्ट म्युजिकल फिल्म ‘नबिर्से तिमिलाई’ सार्वजनिक गरिएको छ। गीतमा प्रेम, सम्झना र भावनात्मक सम्बन्धको कथालाई देखाइएकाे छ।
चर्चित अभिनेत्री केकी अधिकारी, वरिष्ठ अभिनेता सराेज खनाल, कलाकार सुरेन्द् दियाली लगायतको अभिनय रहेको छ। कलाकारहरूको सशक्त प्रस्तुतिले कथालाई थप जीवन्त बनाएको निर्माण पक्षले जनाएको छ।
यस सर्ट म्युजिकल फिल्ममा चर्चित गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ भने संगीतकार महेस खड्काको संगीतले गीतलाई थप आकर्षक बनाएको छ। भिडियोलाई चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। यस अघि सार्वजानिक भएकाे गीतले दर्शककाे राम्राे साथ पाएकाे थियाे ।
यस गीतलाइ किरण क्रिएशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस सर्ट म्युजिकल फिल्मले प्रेम र सम्बन्धका विविध पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। निर्माण टिमले अब पनि दर्शकको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।



