Home Main Highlight News प्रताप दासको स्वर रहेकाे ‘नौ डाँडा काटेर’ सार्वजनिक
 

प्रताप दासको स्वर रहेकाे ‘नौ डाँडा काटेर’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । म्युजिकल सर्ट फिल्म ‘तिमी–एक रहस्य’ मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार गीतमा प्रताप दासको स्वर, प्रताप शाहीको शब्द तथा सुवास पुन मगरको सङ्गीत रहेको छ।

हरि हुमागाईँको निर्देशन तथा सम्पादन रहेको भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाहीलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। गीतले सामाजिक सञ्जालबाट सुरु हुने प्रेम, पारिवारिक वर्गीय अन्तर र गाउँ–सहरको परिवेशलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।

नर्वेमा रहेका नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ ले निर्माण गरेको भिडियो सार्वजनिक गर्नुअघि टोलीले भक्तपुरस्थित ‘सहारा केयर सेन्टर’ मा सहयोग हस्तान्तरण गर्दै सामाजिक सेवाको उदाहरणसमेत प्रस्तुत गरेको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link