130
बिर्तामोड । जेनजी आन्दोलनका घाइते र सहिदलाई समर्पित गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नयाँ गीत ‘मन जले’ युट्युबमा सार्वजनिक गरेका छन् ।
मन जले मनैले सिउँला
धन जले अभावमै जिउँला
तन जले अर्को जन्म लिउँला
तर तन, मन, धनभन्दा माथी
तिम्रो मेरो विश्वास जल्यो
सयौं थुँगा फुलका हामी
आपसको भरोसा जल्यो
