Parda sansar and Pardasansar

 

बिर्तामाेड । दीपेन्द्र केसीद्वारा निर्देशित तथा निर्मित वृत्तचित्र ‘सन्चलालः सिड्स अफ होप’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यस वृत्तचित्रको पोस्टरले यसको संवेदनशील विषयवस्तु र अन्तर्राष्ट्रिय सफलता झल्काएको छ । श्याम–श्वेत शैलीमा डिजाइन गरिएको पोस्टरलाई रोयल भीमसनेले तयार गरेका हुन् । पोस्टरमा विकट ग्रामीण परिवेशमा सन्चलाल र एक बालकको दृश्य समावेश गरिएको छ, जसले वृत्तचित्रको भावनात्मक पक्षलाई उजागर गर्छ । वृत्तचित्रले मकवानपुरको मनहरी क्षेत्रको जंगलबीच रहेको एक दुर्गम चेपाङ बस्तीमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति सन्चलालको जीवनकथालाई प्रस्तुत गरेको छ । गरिबी, एक्लोपन र अभावका बीच पनि आशा र संघर्षलाई निरन्तरता दिएका सन्चलालको जीवनयात्रा …

बिर्तामाेड । प्रदर्शनरत नेपाली चलचित्र ‘रोल नं १’ को नयाँ गीत ‘रङ्गीन सपना’ सार्वजनिक गरिएको छ। सेभेन सिज सिनेमा युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायक तथा संगीतकार उज्वल सागरको स्वर रहेको छ। गीतका शब्द राेशन अधिकारीले लेखेका हुन् भने संगीत, संगीत संयोजन तथा प्रोग्रामिङको जिम्मेवारी पनि उज्ज्वल सागरले नै सम्हालेका छन्। बालमनका सपना, उत्साह र रंगीन कल्पनालाई समेटेर तयार पारिएको गीतले चलचित्रप्रति दर्शकको उत्सुकता थप बढाउने अपेक्षा गरिएको छ। जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी तथा बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतको अभिनय रहेको छ । विनोद पौडेल …

 बिर्तामाेड । नयाँ लोकगीत ‘यानीमाया’ सार्वजनिक भएको छ। राम गगनको प्रस्तुति रहेको गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ। भिडिओमा प्रकाश सपुत र लक्ष्मी पुन मगरको अभिनय देख्न सकिन्छ। गीतको शब्द तथा संगीत राम गगनको हो भने संगीत संयोजक एचबिएन किस्मत हुन्। गीतले प्रेम, भावना र मौलिक सांस्कृतिक पक्षलाई समेट्ने प्रयास गरेको छ। ग्रामीण परिवेशमा रहेर गीत तयार गरिएको छ। गायक तथा सर्जक राम गगन ‘यानीमाया’ नेपाली मौलिक संगीतलाई नयाँ पुस्तामाझ अझ नजिक ल्याउने उद्देश्यले तयार पारिएको बताउँछन्। लोक शैलीमा आधारित यो गीतले नेपाली संगीत क्षेत्रमा मौलिकता र आधुनिक प्रस्तुतिको संयोजन गर्ने प्रयास गरेको देखिन्छ। गीतको भिडिओ सुनिल बिकको निर्देशनमा …

 

समाचार

23 views

बिर्तामाेड । गायिका रचना रिमाल र गायक पर्सु मिश्राको स्वर रहेको गीत ‘चुपचाप’ सार्वजनिक भएको छ। गीतमा सुशान्त ढकाल र दिव्यानी ओलीको अभिनय देख्न सकिन्छ। गीतका शब्द चर्चित गीतकार डीपी खनालले लेखेका हुन् भने संगीत देवेन्द्र बरालले तयार गरेका छन्। प्रेम, सम्झना र मनभित्रका अव्यक्त भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको गीतले युवा पुस्तालाई विशेष रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ। सुमधुर स्वर, भावपूर्ण शब्द र उत्कृष्ट संगीत संयोजनका कारण गीतले नेपाली संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ। गीत ओएसआर डिजिटल मार्फत …

 

हलिउड/बलिउड

33 views

मुम्बई । बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग छिट्टै विवाह गर्ने भएका छन्। अभिनेता स्वयंले जुलाई ५, २०२६ मा विवाह हुन लागेको बताएका हुन्। दुई वर्षभन्दा बढी समयदेखि सम्बन्धमा रहेका उनीहरूले अब वैवाहिक जीवन सुरू गर्न लागेका हुन्। भेराइटी इण्डियासँगको कुराकानीमा आमिरले भनेका छन्- ‘विवाहको खबर सत्य हो। जुलाई ५ मा हाम्रो विवाह हुँदैछ।’ रिपोर्ट अनुसार अन्य आमिर र गौरीले ठूलो तामझाम नगर पारिवारिक वातावरणमा विवाह गर्ने तयारी गरेका हुन्। दुवैजनाले आफ्नो निजी जीवनलाई अनावश्यक चर्चाबाट टाढा राख्न …

 

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus